CG Electronics
IME Life
NIMB

हिमालयन बैंकको तीन महिनामा ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हिमालयन बैंकको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा कम भएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद व्याज आम्दानीसँगै अन्य आम्दानी घटेको छ । बैंकको वितरण योग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ छ।

बैंकको खुद व्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा ५१ करोड ७५ लाख रुपैयाँ छ।

९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७२ करोड र रिटेन्ड अर्निङ्गमा २ अर्ब ४९ करोड रुपैयाँ थियो।

बैंकको निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब १ अर्बबाट घटेर ९९ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२ रुपैयाँ ५९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५।९२ गुणा रहेको छ।

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...