CG Electronics
IME Life
NIMB

क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प, ७ जनाको मृत्यु, उद्धार कार्य जारी

NIMB
Himalayan Bank

काठमाडौं । मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले जनाएका छन् ।

पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ ।

भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । ‘हामीले मानिसहरूलाई कारबाट बाहिर तानिरहेका छौँ,’ पेट्रेनियाका मेयरले क्षेत्रिय प्रसारक एन१लाई भने । ‘त्यहाँ सामान्य त्रास छ । मानिसहरू आफ्ना प्रियजनहरूको खोजीमा जुटेका छन् ।’

२०,००० सर्वसाधारणहरूले बसोबास गर्ने उक्त सहरमा मङ्गलवार भूकम्प जाँदा उनी सञ्चारकर्मीहरूसँग कुरा गरिरहेका थिए । तर त्यस बेला भूकम्पको धक्का सामान्य मात्रै थियो । ‘स्नान कक्षका सबै टाइल फुटेका छन्। खानपानका सबै सामग्री झरेका छन्,’ एक जना ७२ वर्षे स्थानीयले समाचार संस्था एएफपीलाई बताए । ‘हामीले चाहे पनि फर्केर भित्र जान सकिने अवस्था छैन । यहाँ विद्युत छैन ।’

छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन् । राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ । जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो ।

पेट्रेनिया पुगेका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीचले भने: ‘एक जना बालिकाको मृत्यु भएको खबर हामीसँग छ । के कति हताहत भए भन्ने बारे थप सूचना छैन ।’ ‘सहयोगका लागि सेना आएका छन् । यहाँ बस्न असुरक्षित भएको हुँदा हामीले केही मानिसहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ,’ उनले थपे । –बीबीसी

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...