CG Electronics
IME Life
NIMB

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान भन्दा कम, ब्याज छुटमा ९ अर्ब बढी योगदान : गभर्नर अधिकारी

NIMB
Himalayan Bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताउँनु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकाँस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताउनु भएको हो ।
संघको कार्यसमितिलाई भर्चुअल माध्यममार्फत् बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पुर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६÷५७ प्रतिशत उद्योगहरु पुर्ण रुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताउनु भयो ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भन्नु भयो, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ,’ गभर्नर अधिकारीले भन्नु भयो ।

यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले ‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडी बढे भन्ने कुरा हामी चैत पछि मुल्याङ्कन गछौं ।’
असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर अधिकारीको भनाई थियो । चैतसमममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उहाँको भनाई थियो ।
कोभिड पछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनकरर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिनु भयो । स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको जानकारी दिँदै उहाँले पुनरकर्जाकर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको दाबी गर्नुभयो ।
‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गर्भर अधिकारीले भन्नु भयो ।
सार्वजनिक हीत बाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने प्रष्ट पार्दै गभर्नर अधिकारीले भन्नु भयो, ‘हामीले सार्वजनिक हीत बाहेकका काम गर्दैनौँ प्रणालीको सुधारमा काम गर्ने हो ।’

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...