nic bank
himalayan everesat
Nmb bank

तीन वाणिज्य बैंकका सीइओमाथि कारवाही

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

क्रमश:- नारायणदास मानन्धर,शोधनदेव पन्त र अजयविक्रम शाह

तीन वटा चर्चित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)माथि कारवाहीको डण्डा बर्सिएको छ ।
सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले कारवाही गरेको हो ।
जुम्लाका नागरिक अंगराज भारतीले ती बैंकहरुसँग सार्वजनिक महत्वको सूचना माग गरेका थिए ।
उनले माग गरे अनुसारको सूचना नदिएको भन्दै उनी ती बैंकहरुविरुद्ध सूचना आयोगमा पुगी निवेदन दर्ज गराएका थिए ।
उनको निवेदनको आधारमा सूचना आयोगले ती बैंकलाई अंगराज भारतीले माग गरे बमोजिम सूचना दिन पत्राचार गरेको थियो ।
तर सूचना आयोगको पत्राचारलाई समेत वेवस्ता गर्दै सूचना दिन आनाकानी गरेपछि सूचना आयोगले प्राइम, लक्ष्मी र बैंक अफ काडमाण्डुका सीइओलाई कारवाही गरेको हो ।
निवेदक भारतीको निवेदनको सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको गत २५ मंसिर र ३ पुस ३ मा संयुक्त इजलासले प्राइम बैंकका सीइओ नारायणदास मानन्धर,बैंक अफ काठमाडौंको सीइओ शोधनदेव पन्त र लक्ष्मी बैंकको सीइओ अजयविक्रम शाहलाई कारवाही गर्दै जनही दश दश हजारका दरले जरिवाना गरेको हो ।
आयोगले कारवाहीमा परेका सीइओहरुबाट उल्लेख गरिएको जरिवाना रकम असुल गरी आयोगलाई जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
सूचना आयोगका अनुसार,आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर गरेको हो ।
आयोगले निवेदकले मागेको सूचना उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई पनि समेत आदेश दिएको छ । आदेशमा भनिएको छ ‘बैंकसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइ दिन र यस आयोगलाई समेत जानकारी दिन नेपाल राष्ट्र बैंकलाई लेखी पठाउनु’ आदेशमा भनिएको छ । यदि सूचना नदिएमा सूचना दिनमा जति दिन ढिलाई भएको हो , त्यति दिन नै प्रति दिन २ सयको दरले कारवाही हुने चेतावनी दिएको छ ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...