CG Electronics
IME Life
NIMB

संकटमा सनराइज बैंक

NIMB
Himalayan Bank

काठमाडौं । सनराइज बैंकको सञ्चालक समिति विवाद पुनः बल्झिएको छ । सञ्चालकहरुबीच विवाद उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले उनीहरुलाई छलफलमा बोलाएर सम्झाएको छ । राष्ट्र बैंक नियामन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सञ्चालक समितिलाई छलफलका लागि बोलाएको स्वीकार गरे । उनले अनावश्यक विवादमा नपर्न र मिलेर अघि बढ्न सुझाव दिएको जानकारी पनि दिए ।

स्रोतका अनुसार बैंकमा अध्यक्ष मोतिलाल दुगड र सञ्चालक बच्चराज तातेड समूहबीच विवाद उत्पन्न भएको हो । सञ्चालकहरुको नेतृत्वमा गठन हुने बिभिन्न कमिटिहरुको नेतृत्व गर्ने विषयमा विवाद उत्पन्न भएको हो । तातेडले लामो समयदेखि मानव संशाधन विभाग (एचाआर)को नेतृत्व गर्दै आएका थिए । उनले तेस्रो पटक सोही विभागको नेतृत्व गर्ने इच्छा राखेपछि पुनः विवाद उत्पन्न भएको हो । तातेड समूहले उनलाई नै एचआर कमिटिको जिम्मा दिनुपर्ने अडान राखेको छ भने अध्यक्ष मोतिलाल दुगड त्यसको विपक्षमा छ । तर, अध्यक्ष दुगड यतिबेला सञ्चालक समिति भित्रै अल्पमतमा छन् ।

तातेडलाई एचआर विभागको प्रमुख नबनाए अध्यक्ष दुगडलाई नै हटाउने चेतावनी अर्को समूहले दिँदै आएको छ । यसअघि पनि बैंकमा सञ्चालकहरुको दुई समूहबीच विवाद उत्पन्न हुँदा राष्ट्र बैंकले हस्तक्षेप गरेर मिलाएको थियो । सञ्चालकहरुको विवादमा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको पद पनि जोखिममा पुगेको थियो । राष्ट्र बैंकले दुई चार महिनामा दुई चार वटा सीईओ फेर्न नपाउने भन्दै हस्तक्षेप गरेर विवाद मिलाइदिएको थियो । विवाद बढ्दै गएपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले नै हस्तक्षेप गरेर शर्मालाई कायम राखेका थिए ।

सञ्चालकहरुको विवादकै कारण सनराइजमा निरज श्रेष्ठले कार्यभार नै सम्हाल्न नपाई बैंक छाडेको घोषणा गरेका थिए । पछिल्लो समय सनराइज बैंकमा सञ्चालकहरुको दुई समूहबीच विवाद हुँदै आएको छ ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...