CG Electronics
IME Life
NIMB

समृद्धि फाइनान्स र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच पुस २० गते सम्झौता भएको छ । यी दुई कम्पनीविच समृद्धि फाइनान्सले प्रदान गर्ने विभिन्न कर्जा सुरक्षण गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता बमोजिम समृद्धि फाइनान्सले प्रदान गर्ने लघुवित्त तथा विपन्नवर्ग कर्जा, साना तथा मझौला उद्यमकर्जा, कृषिकर्जा, शैक्षिककर्जा तथा शैक्षिक बेरोजगार व्यवसायकर्जा र निर्यात कर्जामा निक्षेप तथा सुरक्षण कोषले सुरक्षण गर्नेछ । उल्लेखित कर्जाको सुरक्षणका लागि भएको सम्झौता कोषको प्रधान कार्यालय गहना पोखरी टङगाल, काठमाण्डौमा भएको हो । सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र निक्षेप तथाकर्जा सुरक्षणकोष कातर्फबाट प्रमुखकार्यकारी अधिकृत विष्णु बाबु मिश्रले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल पाँच वटा शाखा कार्यालयहरु मार्फत कारोबार गर्दै आएको छ । यस कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पु¥याएको छ । कम्पनीले गत कात्तिकमा हकप्रद शेयर विक्री गरेको थियो ।

फेरी पनि ५० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव सहित कम्पनीले पुस २७ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्ने तयारी गरेको हो ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...