सेञ्चुरी कमर्सियल बैंकको मस्कट सार्वजनिक
Saturday Jan 09, 2021
वि.सं.२०७७ पुस २५ शनिवार ०८:४६
काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २४ गते आफ्नो दुई वटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचार-प्रसार गर्नुका साथै बजार विस्तार गर्नका लागि सरल र शताब्दी नामका दुई वटा मास्कोट सार्वजनिक गरेको हाे ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्दत पुग्ने बैंककाे विश्वास छ ।

























