श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा दिवाकर बस्न्यातद्धारा आर्थिक सहयोग
Saturday Jan 09, 2021
वि.सं.२०७७ पुस २५ शनिवार १४:०६

काठमाडौं । श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा समाजमा केही गर्छु बने सोच भएक, दाजुभाइ भाइचाराको एकता सधैं बलियो हुनुपर्छ भन्ने सोचाइ रहेक दिवाकर मान सिंह बस्न्यातले सिन्धुपाल्चोक जिल्ला पाचपोखरी थाङपाल गाउँ पालिका वडा नं ४ स्थित बस्न्यात टोल टोलसुधार समितीको सामुदायिक भवन कुल घर निर्माणको लागि केही रकम सहायोग गरेक छन् ।
काठमाडौ स्थीत डिल्ली बजार निबासी आदरणीय स्वर्गीय . डिल्लीमान सिंह बस्न्यातको छोरा दिवाकर मान सिंह बस्न्यातद्धारा एकतीस हजार रुपैयाँ हस्तान्तरण भएको छ । श्रीपाली बस्न्यात समाज नेपालले आर्थिक सहयोग गरिदिनु भएकोमा बस्न्यातलाई बस्न्यात परिवारको तर्फबाट हार्दिक बधाई ब्यक्त गरेका छन ।
























