टाटाका गाडी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत कर्जा दिने
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:३१

काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सहुलियत दरमा कर्जा उपलब्ध गराउने बारे सम्झौता भएको छ । सम्झौताअनुसार टाटा ब्राण्डका कमर्सियल र सेमि कमर्सियल गाडि खरिद गर्दा ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा र सिप्रदी ट्रेडिङ्गका अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरुमार्फत सिप्रदीका देशभर रहेका डिलरबाट टाटा ब्राण्डका नयाँ कमर्सियल र सेमि कमर्सियल गाडि खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
























