CG Electronics
IME Life
NIMB

हिमालय एयरलाइन्सको ल्हासामा परीक्षण उडान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हमालय एअरलाइन्स्ले, जनवरी १९, २०२१ मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडान गरेको छ । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ ।

परीक्षण उडान ज्ढ ढटज्ञ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरीत भएको हो । ल्हासाबाट फिर्ती उडान ज्ढ ढटद्द मंगलबारै अपरान्ह १५ः०० बजे (स्थानीय समय)मा गर्ने र काठमाडौंमा अपरान्ह १४ः०० बजे (स्थानीय समय)मा अवतरीत हुने अपेक्षा गरिएको छ । एअरलाइन्स्का सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।

परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न ज्ढ ब्व्प् नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज ब्घज्ञढ(ज्ञज्ञछ प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ०८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।

हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झोउ एन्योङ्गले भने, ‘हिमालय टोली गत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । मंगलबारको सफल परीक्षण उडानले ( सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ । मंगलबारको प्रमाणीकरण उडानको सफल संचालनका लागि हाम्रो टोलीलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु र हाम्रा दुबै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकोमा हामी वहाँहरु प्रति कृतज्ञ छौं । यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ ।’

सो समारोहमा एअरलाइन्स्का प्रशासकीय उपाध्यक्ष श्री विजय श्रेष्ठले भने, “ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एअरलाइन्स् हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको बिषय हो । यसका साथ साथै यस उडानले उच्च उचाइका हवाइ उडानका लागि नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालनाको सुनिश्चित्ता गर्नेछ । यसरी सीमापार सम्बन्ध सुदृढ पार्ने अवसर पाउँदा हामी सम्मानित भएको अनुभूति गर्दछौ । साथै हामी विश्वस्त पनि छौं, कोरोेना महामारी पछि, यस उडानले नेपाल र तिब्बतबीचको पर्यटक संख्यामा उल्लेखनीय बृद्धि गर्नेछ ।” परीक्षण उडान ३,५७० मीटरको उचाइ अर्थात् ११,७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै च्ल्ए(ब्च् एप्रोचेजका प्रमाण्ीाकरणका लागि योजना गरिएको हो ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...