nic bank
himalayan everesat
Nmb bank

मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोज, टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई हस्तान्तरण

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौता भएको थियो । उक्त कार्यक्रममा सिप्रदीका सि.ई.ओ. राजन बाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिहंको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका हुन् ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टाटा अल्ट्रोज अल्फा अर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्याण्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन ।

टाटा अल्ट्रोज विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सीटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ । यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ ।

अल्ट्रोज अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिएन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु यसमा रहेका छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी. र ड्युअल एयरब्यागहरु रहेका छन् ।

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:२७

  ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा...

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:५१

  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात...