CG Electronics
IME Life
NIMB

ग्रीन लाइफ हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावरका अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरे । ग्रीन लाइफ हाइड्रोपावरले जारी पुँजी १ अर्ब ८० कराडको १० प्रतिशत अर्थात १८ करोड बराबरको रु.१०० अंकित दरको १८ लाख कित्ता सेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले बिक्री नभएका १६ लाख ९६ हजार ४ सय कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४ सय साधारण सेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ४ गते स्वीकृती प्राप्त गरेको र माघ तेस्रो हप्तादेखि उक्त सेयर सर्वसाधारणको लागि विक्री खुल्ला गर्ने योजना रहेको जनाएको छ ।

ग्रीन लाइफ हाईड्रोपावर कम्पनी ऐन २०६३ बमोजिम २०६६ साल आश्विन ४ गते नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीन लाइफ इनर्जीको रुपमा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले प्रदेश नं. ३ दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.)मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने जनाएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...