CG Electronics
IME Life
NIMB

सेयरमा बजारमा ५० अंकको वृद्धिसँगै साढे ९ अर्बको कारोबार, बन्यो नयाँ रेकर्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ५० अंकको उभार देखिएको छ । शुक्रबार र शनिबार २ दिन लगानी गर्न नपाएका लगानकर्ताको उत्साह आइतबारको बजारमा देखिएको छ ।

आइतबारको कारोबारपछि नेप्से परिसूचक २४२४ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन माघ ८ गते बिहीबार ३१ अंकले बढेर परिसूचक २३७४ अंकमा पुगेको थियो । आइतबारको परिसूचक हालसम्मकै उच्च हो । परिसूचकमा मात्रै नभई यस दिन कारोबार रकममा पनि उच्च रेकर्ड बढेको छ। कुल ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि गत मंसिर १४ गते कारोबार रकममा ९ अर्ब २२ करोडको उच्च रेकर्ड बनेको थियो।

आइतबार ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँमा २ सय ७ कम्पनीका १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच भएको छ । ७९ हजार ४ सय ९८ ओटा कारोबारमार्फत उक्त शेयर किनबेच भएको हो ।

आइतबार व्यापार समूहबाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको समूहगत परिसूचक २२१ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६६ करोड ८२ लाखको शेयर कारोबार भएको छ । त्यस्तै, पूनर्वीमा कम्पनीको ३४ करोड ७९ लाख, नेपाल टेलिकमको ३१ करोड ८९ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोडको कारोबार भएको छ ।

धेरै कमाउनेमा गुराँस लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त छन् । यी ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट बे्रक लागेको थियो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...