CG Electronics
IME Life
NIMB

साताको अन्तिम कारोवार दिन नेप्सेमा सामान्य बृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेप्सेमा सामान्य अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से आठ दसमलव ३४ अंकले बढेर २४ सय ७५ दसमलव २६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६८ अंकले बढेर चार सय ५४ दसमलव दुई बिन्दुमा चढेको छ । दुई सय एक वटा कम्पनीहरुको ७२ हजार एक सय ७० पटकको कारोवारमा एक करोड ८७ लाख १९ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब ६१ करोड ५० लाख ९७ हजार चार सय नौ रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेका छन भने बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाणिज्य बैंक समुहको सुचक सात दसमलव ४३ अंकले घटेर १७ सय २० दसमलव ४४ बिन्दुमा चढेको छ भने बिकास बैंक, जीवन बीमा, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक भने बढेकाछन् ।
बिहीबार बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको शुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १९ सय २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ४६ प्रतिसतले घटेर आठ सय ९३ रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मुल्यमा २७ करोड ५३ लाख ८२ हजार छ सय ७० रुपैयाँको कारोवार भएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...