CG Electronics
IME Life
NIMB

स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सेवा सञ्चालन सम्बन्धमा सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी र डिजिटल बैंकिङ्गको पहुँच सजिलै पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरेको छ ।

ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन प्रविधिमार्फत सेवा उपलब्ध गराउने उदेश्यले स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सहकार्य भएको हो ।

विगत दुई वर्षको प्रयासबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणबाट मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग लगायतका स्मार्ट क्यूआर कार्डमार्फत दिइने सबैखाले सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुने भएको छ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटोरछरितो, मितव्ययी र सरलढंगले बैंकिङ्ग सेवा र सुविधाहरुको पहुँच पुग्ने विश्वास लिइएको छ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बीच सञ्चालनमा ल्याउने योजना बनाएको छ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता र माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीहरुको रहेको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...