नेपाल लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांस शेयरधनीकै खातामा जम्मा गरिदिने
Sunday Feb 07, 2021
वि.सं.२०७७ माघ २५ आइतवार २२:२९

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित २० प्रतिशत ९कर प्रयोजन सहित० नगद लाभांस शेयरधनीकै खातामा जम्मा गरिदिने भएको छ। कम्पनीले नगद लाभांस प्राप्तीका लागि सम्पुर्ण शेयरधनीहरुलाई आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ।
कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत शेयरधनीको बैंक खातामै नगद लाभास जम्मा हुने व्यवस्था मिलाएको हो। विगतका वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाणपत्र तथा नगद लाभांश हालसम्म नलिएका शेयरधनीहरुले पनि कम्पनीको प्रधान कार्यालयको शेयर शाखामा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
नेपाल लाइफले माघ २८ गते २० औ वार्षिक साधारणसभा गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०७५र०७६ को मुनाफा तथा जगेडा कोषबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ।
माघ १३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांस प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ।

























