एभरेष्ट इन्स्योरेन्सले ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा
Wednesday Feb 10, 2021
वि.सं.२०७७ माघ २८ बुधवार २२:२२

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्स्योरेन्सले ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३०.४४५ धेरै हो ।
गत वर्ष कम्पनीले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा एभरेष्टको खुद बिमा शुल्क भने १५.६७५ ले घटेर १९ करोड ४० लाख रुपैयाँमा झरेको छ ।
गत वर्ष कम्पनीले खुद बिमा शुल्कबाट २३ करोड रुपैयाँ आर्जन गरेको थियो । यता, कम्पनीको बिमा कोष भने ४२.२८५ ले बढेर ३६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा भने ३१ करोड १७ लाख रुपैयाँ छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीले ४० करोड ७८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ९४ करोड ४८ लाख रुपैयाँ छ । एभरेष्टको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५५ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा छ ।
























