CG Electronics
IME Life
Ncell NPL

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको कुरा कहाँ अड्कियो,हिमालयनको ६ अर्बको सेयर कसले गर्दैछ खरिद ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर ६ अर्ब रुपैयाँमा किन्न आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयनले हबिबको सेयर प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो ।

हिमालयनमा हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर स्वामित्व छ । प्रतिकित्ता २८२.५० पैसाका दरले किन्दा ६ अर्ब ४ करोड २३ लाख ३६ हजार २ सय ८२ रुपैयाँ ५० पैसा पर्छ ।

बैंकले यही चैत १२ गते आफ्ना संस्थापक सेयरधनीलाई उक्त सेयर किन्न आग्रह गरेको हो ।

बैंक स्रोतका अनुसार रकमको आकार ठूलो भएकाले व्यक्तिगत संस्थापक सेयरधनीले किन्न संभव छैन । संस्थागत लगानीकर्ताहरु पनि यति मोटो रकम जुटाउन सक्ने अवस्थामा छैनन् । किनभने कर तिरेको पैसा चाहिन्छ ।

बैंक स्रोतका अनुसार इच्छुक संस्थापक लगानीकर्ताले २ महिनाभित्र उक्त सेयर खरिद गर्न सक्नेछन् । यसरी संस्थापकहरुले किनेर बाँकी रहेको सेयर कर्मचारी सञ्चय कोषले किन्ने सहमति भएको छ ।

‘कर्मचारी सञ्चय कोष पनि हाम्रो लगानीकर्ता हो, अन्य संस्थापकले किनेर बाँकी रहेको सबै सेयर सञ्चय कोषले किन्ने सहमति भएको छ,’ बैंक उच्च स्रोतले भन्यो ।

एक अर्ब रुपैयाँको हाराहारीको सेयर संस्थापकहरुले किन्ने र बाँकी ५ अर्ब सञ्चय कोषले किन्नु पर्ने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

पाकिस्तानको हबिब बैंक बाहिरिने भएपछि उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भएको थियो । तर, हिमालयनले बैंक इन्भेष्टमेन्टसँग मर्जर प्रक्रिया अघि बढाएपछि सीसीडी उक्त सेयर किन्ने निर्णयबाट पछि हटेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...