CG Electronics
IME Life
Ncell NPL

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतासँगै बैंकले कृषि प्राविधिकलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने छ ।

नबिल बैंक, एस।एम।ई। तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर.एण्ड डि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्तका प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छौं । यस सँझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।”

आर।एण्ड डि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, “नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर।एण्ड।डि। इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ ।

यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिक मार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ । यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाँउमा उद्यम विकास गर्ने योजना रहेको छ ।”

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...