nic bank
himalayan everesat
Nmb bank

हिमालयन र इन्भेष्टमेन्टले गरे सम्झौता गरे संगै बैंकिंग क्षेत्रमा यसरी मच्चियो हङ्गामा, अब यस्तो बन्नेछ नयाँ बैंक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा फेरि एउटा अर्को बिग मर्जर सार्थक भएको छ । ग्लोबल आइएमई र जनता बैंकबीच बिग मर्जर भएको डेढ वर्षपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै अर्को बिग मर्जर गरेका हुन् । लामो समयको चर्चा र प्रयासपछि बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हिजो दिउँसो ३ बजे होटल अलफ्टमा दुवै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जर सम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरे । मर्जर सम्झौता गरेसँगै आगामी आइतबारदेखि एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको सेयर सेयर कारोबार रोक्का हुनेछ।
दुवै बैंकले नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारलाई मर्जर सम्झौता बारे जानकारी समेत गराएका छन् । मर्जरपछि यस्तो बन्ने छ नयाँ बैंक मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् । मर्जर सहमति गर्नु अघि गरिएको सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२.५० रुपैयाँ हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको थियो ।
यसमा १० प्रतिशत सम्म तल माथि हुने जनाइएको थियो । सोही आधारमा बैंकहरुको स्वाप रेसियो १ः१ अनुपात हुनसक्ने जनाइएको छ । मर्जरपछि बन्ने नयाँ बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने छ । मर्जरपछि बैंकको कुल चुक्ता पूँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यो हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हुनेछ ।
हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २१ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष २१ अर्ब ७७ करोड रुपैयाँको हुनेछ । हाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड रुपैयाँ संचित छ । मर्जपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ हुनेछ । तेस्रो त्रैमासको तथ्यांक अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयनको १ खर्ब ४३ अर्ब ७० करोड छ।
त्यस्तै, कर्जा लगानी इन्भेटमेन्टको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयनको १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ छ। मर्जरपछि बैंकको शाखा संख्या १५२ वटा पुग्ने छन् । अहिले हिमालयन बैंकको ६९ वटा र इन्भेष्टमेन्ट बैंकका ८३ वटा शाखा रहेका छन् । यद्यपि, मर्जरपछि केही शाखा स्थान्तरण हुन सक्ने छन् ।
अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...