आर्थिक वर्ष २०७८/०७९ को बजेटका केही हाइलाइट्सहरु
Saturday May 29, 2021
वि.सं.२०७८ जेठ १५ शनिवार २३:११

काठमाडौं । प्रतिनिधि सभा विघठन भएको अवस्थामा सरकारले अध्यादेशमाफर्त आज बजेट ल्याएको छ ।नेपाल सरकारका माननीय अर्थमन्त्री विण्णु पौडेलले प्रधानमन्त्री तथा परिषाद्को कार्यालयबाट आज आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्नु भएको छ ।
नेपालको इतिहासमा पहिलो पटक विधिवत रुपमा वि.सं. २००८ तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेरले संसदमा बजेट प्रस्तुत गरेका थिए । त्यसबेलाको बजेटको आकार रु. ५ करोड २५ लाख २९ हजार रहेको थियो । नेपालको संसदमा विधिवत रुपमा बजेट प्रस्तुत भएको आज ७० वर्ष पुगेको छ ।
७० वर्षको अन्तरालमा बजेटको आकारा खर्बौ रुपैयाँले बढेको छ । वि.सं. २०७८ सालमा अर्थमन्त्री विण्णु पौडेलले प्रस्तुत गरेको बजेटको आकारा रु. १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको छ ।
सरकारले आगामी आ.व. २०७८/०७९ मा ६.५५ को आर्थिक वृद्धि दर हुने कुरा प्रक्षेपणा गरेको छ । कोरोना माहामारीको आएको बजेटले धेरैजसो स्वास्थ्य क्षेत्रलाइ समेटेको छ । तथापी स्वास्थ्य बाहेक शिक्षा, पर्यटन, कृषि आदी क्षेत्रलाइ पनि प्राथमिकतामा राखेको देखिन्छ ।
आ.व. २०७८र०७९ का बजेटका केही हाइलाइटहरु : –
– सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वृद्धि भएको छ । वृद्ध भत्ता रु. ४००० पुगेको छ, जुन ३३.३५५ ले वृद्धि हो ।
– मेड इन नेपाल र मेक इन नेपाल अभियान संचालन गर्ने ।
– २ वर्ष भित्र दुध र तरकारी तथा ५ वर्ष भित्र मुलुकलाइ चामलमा आत्मनिर्भर बनाउने ।
– तीनकुने जडिबुटीमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन ।
– चक्रपथ बिस्तारका लागि २ अर्ब ६४ करोड विनियोजन ।
– खाद्य व्यवस्था था व्यापार कम्पनी लि. र साल्ट ट्रेडिङ कम्पनी लि। बाट बिक्रि हुने ग्यास लगायतका खाद्य पदार्थमामा २० प्रतिशत छुट दिने ।
– भूमिहिन सुकुम्वासीलाइ आगामी वर्ष भित्र जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने ।
– मुस्ताङमा युरेनियमको उत्खनन् को लागि सम्भाव्यता अध्ययन गरिने ।
– दैलेखमा रहेको पेट्रोलियम पदार्थको आगामी २ वर्षभित्र उत्खनन् सुरु गरिने ।
– सामाजिक सुरक्षा कोषमा जेठ र आषाढ महिनाको योगदान वापतको रकम सरकारले व्यहोर्ने ।
– आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारी कर्मचारीलाई तलब भत्ता सहित १० दिनको पर्यटन विदा दिने ।
– निजामति कर्मचारीलाइ १० लाखसम्मको विमा, आवास निर्माणका लागि सहुलियतपुर्ण ऋण महंगीभत्ता निरन्तरता र सबै तहका निजामती कर्मचारीको रु. २००० का दरले तलब वृद्धि भएको छ ।
– मासिक रुपमा २० युनिटसम्म विद्युत खपत गर्नेलाइ निषेधाज्ञा अवधिमा शतप्रतिशत छुट दिने ।
– आगामी आ.ब. देखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको झोला उत्पादन, बिक्रिवितरण र प्रयोगमा प्रतिबन्ध लगाइने ।
– गरिबी निवारण कोषलाइ खारेज गरिनेछ ।
– संसद विकास कोष खारेज भएको छ ।
– २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाइ विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरिने । विद्युतीय सवारी साधनमा लगाइएको अन्त शुल्क खारेज भएको छ र भन्सार महसुल पनि घटाइने ।
– सरकारी विद्यालय तथा विश्वविद्यालय पढेकालाइ ल्यापटप खरिदमा सहुलिय कर्जा दिने ।
– मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्ने उपभोक्तालाइ खानेपानी महसुलमा छुट दिने ।
– कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५७ करोड बजेट भएको छ र खोपका लागि २६ अर्ब ७५ करोड रहेको छ ।
– स्टार्ट अप व्यवसाय संचालन गर्नको लागि स्नातक र सो भन्दा माथिको प्रमाणपत्र धितोमा राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण सापटी दिइनेछ ।
– नेपाल भ्रमणमा आउने विदेशीलाइ १ महिनाको निस्शुल्क भिसा पाउनेछन् ।
– महिला स्वास्थ्य स्वंयसेवीको यातायात खर्च मासिक १२ हजार पुगेको छ, जुन १०० प्रतिशत वृद्धि हो ।
– सबै स्थानीय तहमा स्वास्थ्य विमा कार्यक्रम लागु हुने ।
– ४० वर्ष उमेर माथिका नेपाली नागरिकको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण गर्ने ।
– आगामी वर्ष ३ सय पुल निर्माण गरिने ।
– पत्रकारलाइ ७ लाखसम्मको दुर्घटना विमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था ।
– २ वर्षभित्र सबै नेपाली नागरिकलाइ राष्ट्रिय परिचयपत्र वितरण गरिने ।
– कारागारलाइ सुधार गृहको रुपमा व्यवस्था गरिने ।
– सरकारी स्वामित्व रहेका तर बन्द भएका उद्योगहरुलाइ निजि क्षेत्रसँगको सहकार्यमा संचालन गरिने भएको छ ।
– चुरोट, रक्सी, पेय पदार्थमा कर बढेको छ ।
समग्रमा हेर्दा बजेटमा निकै लोकप्रिय कार्यक्रमहरु रहेका छन् । चुनाव घोषणा गरेको सरकारले चुनाव लक्षित गरेर पनि लोकप्रिय बजेट ल्याएको हुन सक्छ । सरकारले आज ल्याएको बजेट कार्यान्वयन होस, शीर्षकगत रुपमा प्रस्तुत गरिएको बजेट खर्च हुन सकोस् ।























