CG Electronics
IME Life
NIMB

योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिएका छन् ।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवद्र्धन गर्नेछ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ ।
फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रावद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंलले व्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...