राष्ट्र उत्थान लघुवित्तको आइपीओ आउँदै,कहिले हुन्छ निष्काशन ?
Tuesday Jun 29, 2021
वि.सं.२०७८ असार १५ मंगलवार १५:१०

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
यसैक्रममा, लघुवित्तले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई सेयर निष्काशन गर्न विक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्तको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर अनुपात मिलाउन आइपीओ जारी गर्न लागेको हो । हाल १७ करोड ५० लाख चुक्ता पूँजीरहेको लघुवित्तको आइपीओ पछि चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

























