CG Electronics
IME Life
NIMB

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिका बिच सम्पूर्ण निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री सुवर्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाण्डौँ जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगर प्रमुख श्री सुवर्ण श्रेष्ठले आफूले आफना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गर्नुभयो साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालीकाले आफना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने आफना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख श्री सुवर्ण श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत श्री लेखनाथ न्यौपाने लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।

 

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...