CG Electronics
IME Life
NIMB

विदेशबाट ल्याएका मोबाइलको आइएमईआइ नम्बर दर्ता नगरे नेपालमा नचल्ने,आइएमईआइ दर्ता कसरी गर्ने ?

NIMB
Himalayan Bank

काठमाडौं । आगामी साउन १ गतेदेखि विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको ‘मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ)’ नम्बर दर्ता नगरे नेपालमा नचल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेको हो ।

धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आइएमईआइ दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम तथा अन्यौलका कारण प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । आइएमईआइ दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आइएमईआइ दर्ता गर्नु नपर्ने जनाएको छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआइ दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

आइएमईआइ दर्ता कसरी गर्ने ?

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आइएमईआइ नम्बर भनिन्छ । मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आइएमईआइ नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पाेट गर्ने हो भने एउटा मात्र आइएमईआइ नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आइएमईआइ नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आइएमईआइ नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आइएमईआइ नम्बर फरक हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आइएमईआइ नम्बर लेखिएको हुन्छ ।

यदि तपाईंको मोबाइलको आइएमईआइ दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आइएमईआइ नम्बर दर्ता गर्नका लागि दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ ।

वेवसाइटमा रहेको आइएमईआइरईएसएनरएमईआईडी मा गएर आइएमईआइ नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आइएमईआइ नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

हाल आइएमईआइ नम्बर दर्ता गर्ने लिंक खुल्दैन । उक्त लिंक खुलेसँगै साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहोस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहोस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...