CG Electronics
IME Life
NIMB

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

NIMB
Himalayan Bank

 

काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको घोषणा गरेको छ।

कम्पनीका अनुसार यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरणले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा तथा गुणस्तरका उच्च मापदण्डहरूलाई पुष्टि गरेको छ। उक्त डाटा सेन्टर सरकारद्वारा सूचीकृत नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा समेत परिचित छ।

टीआईए–९४२–सी रेटेड ३ प्रमाणीकरणले डाटा सेन्टरको पूर्वाधार उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली तथा आकस्मिक अवस्थाबाट छिटो पुनःस्थापना हुन सक्ने क्षमतासहित निर्माण गरिएको प्रमाणित गर्दछ। कम्पनीका अनुसार डाटा सेन्टरमा पूर्ण रूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणाली जडान गरिएको छ, जसले करिब ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित गर्छ।

यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसन (TIA) बाट अधिकृत अडिट तथा प्रमाणीकरण संस्था Data Center Media LLP ले गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा टीआईए प्रमाणीकरण प्राप्त गर्ने पहिलो डाटा सेन्टर बनेको भन्दै यसलाई कम्पनी र देश दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनका अनुसार विश्वस्तरीय डिजिटल पूर्वाधारमार्फत स्थानीय व्यवसायहरूको डिजिटल विस्तार तथा सरकारको डिजिटल रूपान्तरण अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले निरन्तर लगानी गरिरहेको छ।

एनसेल डाटा सेन्टरले यसअघि नै सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001 र गोपनीयता व्यवस्थापनका लागि ISO 27701 प्रमाणीकरण प्राप्त गरिसकेको छ। साथै कम्पनीसँग ISO 9001 र ISO 14001 प्रमाणीकरण पनि रहेको छ।

कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्यमदेखि ठूला व्यवसायसम्मलाई सुरक्षित, भरपर्दो तथा नियामकीय मापदण्डअनुरूपका डिजिटल सेवा उपलब्ध गराउन थप बल पुर्‍याउनेछ।

यसले बैंकिङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ (ERP) प्रणाली तथा अन्य अनलाइन सेवाहरूको डाउनटाइम न्यून गर्न मद्दत गर्नुका साथै अडिट तथा कम्प्लाएन्स प्रक्रियालाई पनि सहज बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

एनसेलका अनुसार रेटेड–३ पूर्वाधारले बलियो ब्याकअप प्रणाली, विपद् पुनःस्थापना क्षमता तथा साइबर आक्रमण वा प्राकृतिक विपत्तिका बेला पनि सेवा निरन्तरता कायम राख्न सहयोग पुर्‍याउँछ। साथै यसले नेपालको डिजिटल सार्वभौमिकता सुदृढ गर्दै महत्वपूर्ण डाटाको सुरक्षित स्थानीय होस्टिङलाई प्रोत्साहन गर्ने कम्पनीको दाबी छ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...