प्रभु बैंकले ग्राहकको समय बचत गर्न आजदेखि मेसिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सुबिधा यसरी गर्यो सुरु
Friday Aug 06, 2021
वि.सं.२०७८ साउन २२ शुक्रवार १७:४६

काठमाडौँ । ग्राहकहरुको समयको बचतमा ध्यान दिंदै प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै सशरीर भौतिक उपस्थिति हुनु पर्ने बाध्यता अन्त्य गरेको छ।
बैंकले अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आपूmले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आज २२ गते शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
सीआरएम मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको बैंकले जनाएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना छ।
यसरी जम्मा हुनेछ मेसिनबाट खातामा पैसा
मेसिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आपूmले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्नासाथै उक्त मेसिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ।
उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै उल्लिखित खातामा रकम जम्मा हुन्छ र सोको रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ। साथै, उक्त मेसिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आपूmले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत छ।
प्रभु बैंक लि. बाट सञ्चालनमा ल्याइएको मेसिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ। नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)सँग आवश्यक सहकार्य गरी प्रभु बैंकबाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ।
प्रभु बैंकले औपचारिक रुपमा आजदेखि सञ्चालनमा ल्याएको मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्ने बैंकले जनाएको छ।

























