गरिमा विकास बैंकले सहारा विकास बैंकलाई यसरी आफुमा गाभ्दैछ,कहिले हुने भयो मर्ज ?
Saturday Aug 07, 2021
वि.सं.२०७८ साउन २३ शनिवार ०९:३६

काठमाडौँ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। गरिमा विकास बैंकमा प्राप्ती हुने विशेष प्रस्ताव सहित सहारा विकास बैंकले २०७४/७५, २०७५/७६, र २०७६/७७ गरि तीन आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ।
सर्लाहीमा आगामी भदौ १२ गते बैंकको साधारणसभा बोलाइएको छ।
२०७४ जेठमा साविकको देवः विकास बैंकसँगको मर्जर सम्झौता गरेपनि उक्त मर्जर सफल हुन सकेन। बैंकको सेयर कारोबार त्यतिबेला देखिनै रोक्का रहेको छ। नयाँ प्राप्ती सम्झौता पछि एकिकृत कारोबार नभएसम्म बैंकको सेयर कारोबार रोक्कानै रहने छ। साविकको देव विकास बैंक भने यतिबेला कुमारी बैंकमा प्राप्ती भइसकेको छ।
सहारा विकास बैंकमा २०७४ जेठ २५ गते सम्म कायम दुवै तर्फका सेयर धनीहरुले त्यसपछि प्राप्त गरेको बोनस सेयर सहित अहिले कायम भएको सेयर संख्या अनुसार नै गरिमा विकास बैंकमा सेयर पाउने छन्।
गरिमाले सहारालाई प्राप्ती गरेपछि गरिमा विकास बैंक को नामबाट कारोबार हुने छ।

























