CG Electronics
IME Life
NIMB

साल्ट ट्रेडिङको ग्लोबल टेन्डर पाउने भारतीय कम्पनीलाई राष्ट्र बैंकले दियो डलर एलसी खोल्ने सुबिधा

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साल्ट ट्रेडिङ कम्पनीलाई पनि भारतीय ठेकेदार कम्पनीमार्फत् तेस्रो मुलुकबाट हुने ‘सिपमेन्ट’मा डलर सटही सुविधा दिने भएको छ । अब साल्ट ट्रेडिङले तेस्रो मुलुकबाट ‘सिपमेन्ट’ हुनेगरी गरेको ग्लोबल टेन्डर भारतीय कम्पनीले प्राप्त गरेमा पनि परिवर्त्य विदेशी मुद्रामा प्रतिपत्र (एलसी) खोल्न सक्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत निर्देशन २०७६ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि कृषि सामग्री कम्पनी लिमिटेड वा राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत् स्वीकृत गरेको बोलपत्रबाट मल, बिउ आयात गर्दा मात्रै उक्त सुविधा पाउँदै आएको अब साल्ट ट्रेडिङ कम्पनीले पनि उक्त सुविधा पाउने भएको हो ।

यस्तै ग्लोवल टेन्डरमार्फत् भारतबाट आयात हुने वस्तु तथा सेवा खरिद गर्दा ‘आईजीएसटी फ्री ट्याक्स इन्भोइस’ विना नै परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवसथा गरेको छ । यसअघि विभिन्न निकाय, आयोजना, परियोजना तथा अन्य संगठित निकायहरूले ग्लोबल टेन्डर अन्तर्गत भारतबाट आयात गर्ने वस्तुको हकमा मात्रै ‘आईजीएसटी फ्री ट्याक्स इन्भोइस’ आवश्यक नपर्नेमा अब ग्लोबल टेन्डर मार्फत भारबाट हुने सबै आयातमा उक्त ‘इन्भोइस’ आवश्यक नपर्ने भएको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...