CG Electronics
IME Life
NIMB

अघिल्लो बर्षको भन्दा ६७ करोड बढी नाफा कमाएको नेपाल बैंकको खुद नाफा कति अर्ब पुग्यो ?

NIMB
Himalayan Bank

नेपाल बैंकको खुद नाफा ३१.४० प्रतिशतले वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा ६७ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशतले घटेर ६ अर्ब ४६ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ३८.३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

१२ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५अर्ब १४ करोड, रिटेन अर्निङमा ५ अर्ब ४ करोड र सेयर प्रिमियममा ४३ करोड १८ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १४.९९ प्रतिशत र कर्जा लगानी विस्तार ३०.२३ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँबाट बढेर २४.२६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६३.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२६ गुणा, सीसीडी अनुपात ७४.३४ प्रतिशत, आधारदर ५.७३ प्रतिशत र स्प्रेडदर ४.३४ प्रतिशत र खराब कर्जा २.१ प्रतिशत रहेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...