CG Electronics
IME Life
NIMB

एनआरएनए अधिबेशनमा टीम कुलको समावेशी समूहबाट को-को आउंदैछन्

NIMB
Himalayan Bank

 

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसिको आगामी निर्वाचन सम्पन्न हुन दुई महिना मात्रै बाँकी छ । एनआरएनए आईसिसिको चुनाव नजिकिएसँगै चुनावी सरगर्मी बढेर गएको छ । एनआरएनएको दशौं विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचनमा हालसम्म कुल आचार्य र बद्री केसीले उम्मेदवारी दिने घोषणा गरेका छन ।

चुनावको मिति नजिकिँदै जाँदा टीम बनाउने कार्य पनि सुरु भईरहेको छ । ६० मुलुकहरुभन्दा बढि एनसीसी हरुको चुनाव सकिंदा बेलायत, अमेरिका, अस्ट्रेलिया,कतार,मलेसिया,कोरियालगायत अधिकांश एनसीसीहरुमा कुल आचार्य समर्थकहरुको विजय भएको छ । निर्बाचन सम्पन्न भएका ठुला देशहरुमा टीम कुलको समर्थकको जित हुनु र अन्य सत्तरी प्रतिशत देशहरुमा पनि टीम कुलको समर्थकले निर्बाचनमा विजय हासिल गरेपछि आगामी अधिबेसनमा यो समुहको पल्ला भारी देखिएको छ ।

संघका सल्लाहकार तथा अध्यक्षका प्रबल दावेदार कुल आचार्यको टिमले जित्ने देखिए पछि उनको समूहमा पर्न उम्मेदवारहरुको दौडधूप शुरु भएको छ ।

हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ । जनसवाललाई प्राप्त जानकारी अनुसार ‘टीम कुल’ बाट उम्मेदवारी दिने आईसिसिका पदाधिकारीहरुको लगभग टुंगो लागिसकेको छ ।

समाचार श्रोतका अनुसार उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ, एसी शेर्पा, कोषाध्यक्ष महेश श्रेष्ठ, सचिब आर के शर्मा हिक्मत थापा, उपाध्यक्ष मन केसी र सुनील साह ९अमेरिका० मध्यबाट चार जना पर्ने बताइएको छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिब जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलको निश्चित भएको छ ।

यसैगरी सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ, युरोप आरसी नारायण आचार्य रहेका छन् भने महिला सचिवमा आइसिसि महिला संयोजक भोमा लिम्बु रहेकी छन् । यस्तै यूकेबाट विनय अधिकारी र अष्ट्रलियाबाट सुरेन्द्र सिग्देलको नामपनि चर्चामा रहेको छ ।
यसैगरी कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटाबीच सहमति गर्ने प्रयास भै रहेको र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ ९गोबिन्द०, अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलबीच सहमति गर्ने प्रयास भैरहेको बताइएको छ ।
यसै गरी टिम कुलबाट आइसिसि युवासंयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र हिमाल गुरुङ मध्ये एक र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । कुल आचार्यले आफ्नो समावेशी समूहमा एनआरएनएका दिग्गज व्यक्तित्वहरुसँगै युवाहरुलाई समेत समेटने प्रयास गरिरहेको र केहि दिन भित्रै पुरै टिमको नाम सार्वजनिक गरिने समाचार स्रोतले बतायो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...