CG Electronics
IME Life
NIMB

हाइड्रोको सेयरमा कसले हाल्दैछ सोडा र अस्वाभाविक हल्लामा मूल्य उचालिँदैछ ? के हो वास्तविकता ?

NIMB
Himalayan Bank

काठमाडौँ ।   वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका सेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय सेयर बजारमा जलविद्युत् कम्पनीका सेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।

नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ सेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबार हेर्ने हो भने कूल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । त्यस दिन १७ अर्ब ५० करोडको कूल कारोबार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको ५ अर्ब ५० करोड बराबरको सेयर कारोबार भएको थियो । बिहीबार सबैभन्दा बढी न्यादी हाइड्रोको सेयर १ हजार ३४४ रुपैयाँमा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको ३८० मूल्यमा कारोबार भएको थियो ।

तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले सेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट सेयर र बोनस सेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा सेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको छ ।

जलविद्युत् कम्पनीको सेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिसेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको सेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

हुन पनि बजारको कारोबार र सेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावर लगायत कम्पनीको सेयर त्यस्तो आकर्षक देखिएको छैन तर अन्य कम्पनीको मूल्यमा अस्वाभाविक रूपमा बढेको देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेर भन्दा पनि हल्लाको भरमा सेयर कारोबार भएको जानकार बताउँछन् ।

प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनबिनै सेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।

नियमन प्रभावकारी किन भएन ?

निरन्तर गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् नियमन आयोगका पदाधिकारीलाई मन्त्रालय बोलाएर सोबारे जानकारी लिएका छन् । उनले सर्वसाधारण लगानीकर्ता मर्काका पर्न नहुने भन्दै त्यसबारे आफ्नो जिम्मेवारी निर्वाह गर्न आयोगलाई आग्रह गरेका छन् ।

जलविद्युत् कम्पनीमा अनावश्यकरूपमा चलखेल गरी अप्राकृतिकरूपमा सेयरको मूल्य बढाई सर्वसाधारण लगानीकर्तालाई जोखिममा पार्ने तथा वास्तविक प्रवद्र्धक ओझेलमा पर्ने स्थिति उत्पन्न नहुने वातावरण बनाउन उनले आग्रह गरेका हुन् ।

मन्त्री भुसालले जलविद्युत्को विकासमा जनताको लगानीको प्रतिफललाई सुनिश्चित गर्न तथा स्वस्थ पूँजीको निर्माण गरी सक्षम जलविद्युत् उत्पादन कम्पनीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

लकिङ खुलेपछि छाडा

विद्युत् नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत् डेभलपरले साधारण सेयर जारी भएको तीन वर्षपछि आफ्नो सेयर विक्री गर्न पाउँछन् ।

तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले सेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट सेयर र बोनस सेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा सेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ ।

बजार प्रभावित गरे कारबाही

बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको सेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ ।

जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैँ किन्ने तथा सोही समूहका व्यक्तिले अर्को ब्रोकरबाट खरिद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासोबारे आयोगका प्रवक्ता डा रामप्रसाद धितालले कानुनअनुसार नियमन भएको दाबी गरे ।

उनले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको वास्तविकता बुझेर मात्र सेयर खरिद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...