CG Electronics
IME Life
NIMB

बैंकहरूले बढाउन थाले ब्याज, राष्ट्र बैंकले किन आत्तिहाल्नु पर्दैन भन्यो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउन थालेका छन् । पछिल्ला दिनहरूमा कर्जाको ब्याजदर बढेको पत्र बैंक तथा वित्तीय संस्थाबाट आउन थालेको उद्योगी व्यवसायीले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाउन थालेको नाडा अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष आकाश गोल्छाले बताए । यसअघि बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर नबढ्ने बताउँदै आए पनि ब्याजदर बढेको पत्र आउन थालेको उनले जानकारी दिए । ‘मैले कर्जा लिएका बैंकहरूबाट ऋणको ब्याज बढेको पत्र प्राप्त भएको छ,’ उनले भने, ‘०.५ प्रतिशतदेखि एक प्रतिशत बिन्दुले कर्जाको ब्याज बढाएका छन् ।’ यही अवस्था रहे यो वर्ष ब्याजदर धेरैले बढ्ने संकेत देखिएको उनको आकलन छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन नहुँदा केही बैंकहरूले ब्याजदर बढाउन थालेको बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले स्वीकार गरे । ‘तरलता अभाव भइसकेको छैन, स्पष्ट संकेत भने देखिन थालेको छ,’ उनले भने, ‘तरलता कम भएकै कारण ७/८ वटा बैंकबाहेक सबै बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लिइसकेका छन् ।’ केही सातायता सरकारी खर्च नभएकाले बैंकहरूमा तरलता अभाव देखिन थालेको उनले बताए । अन्तर बैंक सापटी पाउन गाह्रो छ भने यसको ब्याजदर पनि ५ प्रतिशत नजिक पुगेको छ । यही कारण बैंकहरूले रिपो र एसएलएफमार्फत तरलता व्यवस्थापन गरिरहेको उनले बताए । ‘अब सरकारी खर्च बढेर बजारमा आयो भने त सहज होला, नत्र तरलता अभाव हुने देखियो,’ उनले भने, ‘आर्थिक वर्षको सुरुवाती अवस्थामा बैंकहरूको कर्जा प्रवाह राम्रो छ । तर त्यहीअनुसार निक्षेप बढ्न सकेको छैन ।’

राष्ट्र बैंकका एक उच्च अधिकारीले पनि अधिक तरलतामा कमी देखिन थालेको बताए । ‘तरलता अभाव भइहालेको नभए पनि चाप परेको सत्य हो,’ ती अधिकारीले भने, ‘तरलता अवस्था हेर्दा गत वर्षजस्तो कम नहुने देखियो, सिमान्त रूपमा बढ्न सक्छ ।’ अहिले सरकारले राजस्व संकलन मात्र गरेको तर खर्च नगरेकाले बजारमा पैसा नभएको उनको भनाइ छ । ‘सरकारले वित्तीय हस्तान्तरण गरेको छैन,’ उनले भने, ‘यसकारण बजारमा पैसा नआएको होला ।’

राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको छ । केही दिनयता बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी पाउन छोडेका छन् भने त्यसको ब्याजदर पनि ५ प्रतिशत हाराहारीमा पुगेको छ । अन्तर बैंक सापटी पाउन छोडेपछि बैंकहरूले एसएलएफ र रिपो लिन थालेका छन् । बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले एसएलएफ र रिपोमार्फत कुल ३५ अर्ब रुपैयाँ लिइसकेका छन् । जबकि बुधबारसम्म वित्तीय प्रणालीमा २३ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ । एसएलएफ र रिपोमार्फत लिएको पैसा बैंकले एक साताभित्र फिर्ता गर्नुपर्छ । यसकारण बजारमा रहेको कुल अधिक तरलता रकममा एसएलएफ र रिपोमार्फत लिएको रकम घटाउँदा करिब १२ अर्ब रुपैयाँ अधिक तरलता ऋणात्मक देखिन्छ । विज्ञहरूले यो अवस्थालाई तरलता अभावका रूपमा विश्लेषण गरेका छन् ।

 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने बजारमा तरलता अभाव भइनसकेको दाबी गर्छन् । ‘अहिलेको अवस्था एकदमै सहज पनि होइन, अभाव पनि होइन,’ उनले भने, ‘यद्यपि आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ बजारमा तरलता अवस्थाबारे राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गरिरहेको पनि उनले बताए । ‘तरलता अभाव भएको अवस्थामा विभिन्न विकल्पमार्फत बजारमा पैसा पठाउन सकिन्छ,’ उनले भने, ‘तरलता अभाव हुने अवस्था आए राष्ट्र बैंकले ती विकल्प पनि उपयोग गर्छ ।’ बैंकहरूले कम्तीमा २० प्रतिशत तरलता राख्नुपर्छ । हाल यो अनुपात २३ प्रतिशतभन्दा बढी छ । यसले पनि तरलता अभाव नभएको पुष्टि हुने उनको भनाइ छ ।

चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकहरूमा निक्षेप घट्न थालेको छ । जसअनुसार असारको तुलनामा गत सातासम्म वाणिज्य बैंकहरूको निक्षेप करिब ८५ अर्ब रुपैयाँले घटेको छ । असारमा बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ थियो । गत सातासम्म यस्तो निक्षेप घटेर ४१ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ । यस्तै, पछिल्लो पाँच सातामा वाणिज्य बैंकहरूको निक्षेप ५७ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा बैंकहरूको कुल कर्जा प्रवाह ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो । गत सातासम्म कुल कर्जा प्रवाह बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगिसकेको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...