IME Life
NIMB

सेयर बजारमा आज गएको पहिरोले यी ७ कम्पनीको शेयर ह्वात्तै घट्यो

NIMB
Himalayan Bank

सेयर बजारमा आज गएको पहिरोले यी ७ कम्पनीको शेयर ह्वात्तै घट्यो सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो ।

यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब बढीले घटेर साढे ७ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक सूचक नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र अन्य समूहबाहेक बाँकी सबैको परिसूचक राताम्मे भएका छन् ।होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण भ्याली ३४ करोड र अपी पावर १९ करोड सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

दोहोरो अंकले घटेको बजारमा आज आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ । यसैगरी, रुरु जलविद्युत् ७.०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, आरएसडीसी माइक्रोफाइनान्स र नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...