CG Electronics
IME Life
NIMB

३९ स्थानमा सहुलियत पसल संचालन, १० रुपैयाँसम्म प्रतिकिलो छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि देशभरका विभिन्न ३९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले खाद्य कम्पनी, ट्रेडिङ र दुग्ध विकास संस्थानको सहकार्यमा देशका ३९ स्थानहरुबाट सहुलियत पसल सञ्चालन गरिने जानकारी दिइन् ।
उक्त पसलहरु असोज १ देखि कार्तिक २४ गतेसम्म संचालन उने उनले बताइन् । सहुलियत पसलमा खाद्य वस्तुमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने उनले जानकारी दिइन् ।

खाद्यले उपत्यका भित्र ४ स्थानबाट सहुलियत पसल सञ्चालन गरिने उनले बताइन । रामशाह पथ, थापाथली, नख्खु र सूर्यविनायकबाट सहुलियत पसल सञ्चालन गरिने भएको हो । गत वर्ष उपत्यका भित्र मात्र १३ स्थानबाट सहुलियत पसल सञ्चालन गरिएको थियो ।

दशैंमा अनलाइनबाट पनि खाद्य वस्तु किन्न सकिने छ भने अनलाइनबाट किन्नेले भने सहुलियतको छुट पाउने छैनन् । मोटो तथा मसिनो चामलमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । सिमि÷फापरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिने छ । नुनमा २ रुपैयाँ छुटको व्यवस्था छ । चिनीमा ५ रुपैयाँ छुटको व्यवस्था छ । खसी बोकामा प्रतिकेजीमा १० रुपैयाँ छुट गरिने भएको छ ।

दुग्ध विकास संस्थानबाट विक्री वितरण हुने दुध, पनीर, ध्यू लगायतका वस्तुमा उक्त संस्थानले तोके अनुसार छुटको व्यवस्था गरिने छ ।

‘हामीले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्यगरी सहुलियत पसल सञ्चालन गर्न लागेका छौँ, २ रुपैयाँ देखि १० रुपैयाँसम्मको छुटको व्यवस्गा गरेका छौँ, अनलाईनमा किन्ने चाहि छुट पाउदैनन्,’सुवेदीले चाणक्य पोष्टसँग भनिन् ।

खाद्य कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सहुलियतमूल्यका पसलहरुमा बजार मूल्यभन्दा ५ देखि १० प्रतिशत सहुलियतमा खाद्य वस्तु विक्री वितरण गरिने उनले बताए ।

 

सरकारले प्रत्येक वर्ष निजी क्षेत्रलाई समेत समेटेर दशैं तिहार लक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने गरेको छ । सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...