ime long ad

पूर्वएआईजी नै नेटवर्किङ धन्दामा, पूर्वएआईजीको सहित यी ५ कम्पनीका कागजात विभागले गर्यो जफत


वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ कारोबार गरिरहेका थप ५ कम्पनीको कागजात जफत गरेको छ । विभागको अनुसन्धान टोलीले आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर माटर्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपि लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

कम्पनीहरूले बिक्री गरेका वस्तुको खाता, बैंक स्टेटमेन्ट, बिक्री गर्न तयार राखिएका केही नमुनासमेत जफत गरिएको विभागले जनाएको छ । यसअघि विभागले गत भदौ १७ मा नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिबाट पनि कागजात जफत गरेको थियो ।

‘इजाजत लिने क्रममा पेश गरिएका वस्तु, ती वस्तुहरूको मूल्य तल–माथि गरे/नगरेको हेर्दै छौं,’ विभागका एक अधिकारीले भने, ‘करलगायतका विषयमा पनि अध्ययन भइरहेको छ । सबै विश्लेषण गर्न दुई/तीन दिन लाग्न सक्छ ।’ तर यी कम्पनीलाई विभाग आफैंले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ कार्यान्वयन गरेको भन्दै पर्याप्त अध्ययनबिनै इजाजत दिएको थियो ।

विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्टलगायतले विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । यी कम्पनीबाट ठगिएको भन्दै हजारौंले क्षतिपूर्तिवापत् ५ करोड रुपैयाँ माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा मागदाबी गरेका थिए । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति मागदाबी बढी भएपछि यससम्बन्धी उजुरी नै गुपचुप पारिएको छ । फेरि तिनै कम्पनीहरूमा संलग्न व्यक्तिले नै आफ्नो वा परिवारका नामबाट नयाँ कम्पनी दर्ताको निवेदन दिएका थिए । तर त्यसको छानबिनबिनै इजाजत दिइएको यसअघि नै खुलिसकेको छ ।

इजाजत पाएका यस्ता कम्पनीमा विगतमा नेटवर्किङ धन्दामा संलग्न व्यक्ति रहेको आलोचनापछि संसदीय समितिले यसमा चासो देखाएको थियो । समितिले नियमावली संशोधनसहित १८ सुझाव सिफारिस गरेको थियो । तर इजाजत पाएका कम्पनीहरू विगतमा नेटवर्किङ धन्दामा संलग्न भए/नभएको अध्ययन भएन । पछिल्लो समय विभागको जिम्मेवारी प्रकाश पौडेलले सम्हालेपछि अनुसन्धान सुरु भएको छ । विभागका अनुसार हालसम्म कागजात जफत गरिएका ९ कम्पनीमध्ये केहीले बिक्री मूल्य उपलब्ध गराए पनि खरिद मूल्य दिएका छैनन् । ती कम्पनीहरूलाई बिहीबार उपलब्ध गराउन टेलिफोनमार्फत जानकारी गराइने विभागका एक उच्च अधिकारीले बताए । अवज्ञा गरे २/३ दिनभित्रै उपलब्ध गराउन पत्रचारसमेत गरिने उनको भनाइ छ ।

अनुसन्धान टोलीले बुधबार आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिबाट कागजात नियन्त्रणमा लिएको हो । आइबोसमा ३ जना सञ्चालक छन् । विगतमा ग्रिन बुटी ब्रान्डको नाममा कारोबार गरेका राज दंगालले श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल इन्टरनेसनलको इजाजत लिएका छन् । दंगाल करिब ५ वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आवद्ध रहेको भन्दै पक्राउ परेका थिए । प्रहरी सेवाबाट अवकाश पाएपछि सञ्चालकको रुपमा हेमन्तबहादुर पाल पनि आइबोसमा देखिएका छन् । उनी पूर्वएआईजी हुन् । आइबोसका अर्का सञ्चालक श्रीबल्लभ नेपाल हुन् । उनले हर्बोमा रहँदा सबैभन्दा बढी ग्राहक ठगी गरेको स्रोतको दाबी छ ।

यसैगरी, कागजात जफत गरिएको अर्को कम्पनी केयर मार्ट्स इन्टरप्राइजेजमा ४ जना सञ्चालक छन् । जसमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु छन् । सञ्चालक पासाङ लामा पुरानै कम्पनीमा काम गरिरहेका नेटवर्क लिडर हुन् । यु टर्न इन्टरनेसनल प्रालिमा सञ्चालक बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरी छन् । ईएमआई (नेटवर्क) भनिने पुरानै कम्पनीको टिमले नै यु टर्नको नाममा नयाँ कम्पनी दर्ता गरेको हो । अपि लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बिसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का छन् ।

केयर नेसन इन्टरनेसनल प्रालिबाट पनि केही कागजात जफत गरिएको छ । जसका सञ्चालक बिनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कैरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले हुन् । स्रोतका अनुसार लोहनी युनिटीमा लिडर थिए । ‘प्रारम्भिक अनुसन्धानमा यी कम्पनीहरूमा राजनीतिक नेतादेखि प्रहरी र प्रशासनका पूर्वअधिकारी समेत रहेको पाइएको छ । अनुसन्धानमा सांसदहरूले समेत चासो दिएका छन् । यसरी कारबाही गरिदिनु भएन भन्दै बारम्बार फोनसमेत गरिरहेका छन्,’ विभागका एक उच्च अधिकारीले भने, ‘केही कम्पनीहरूले ऐनविपरीत काम गरेका छन् । प्रज्ञापनपत्र र सामग्रीको मूल्य हेर्दा कालोबजारी ऐन आकर्षित हुन्छ ।’

 


नाराबाजी र अबरोधकै बीच आज यसरी पारित हुँदैछ बजेट, अल्झाउने नियम सबै निलम्बन गरिने

नाराबाजी र अबरोधकै बीच आज यसरी पारित...

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:१९

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मंगलबार पारित...

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मत

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई...

वि.सं.२०७८ भदौ २७ आइतवार २१:०८

काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले...

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण आवश्यक :  जोसे म्यानुअल बरोसा

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण आवश्यक : जोसे...

वि.सं.२०७८ भदौ २७ आइतवार २०:४०

काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ ¥याली...

काम चोर ठेकेदार माथि सरकारले कैची चलाउने, गफाडी ठेकेदारलाई क्षमता अनुसारको मात्रै काम दिने

काम चोर ठेकेदार माथि सरकारले कैची चलाउने,...

वि.सं.२०७८ भदौ २६ शनिवार १९:१५

सरकारले क्षमताभन्दा बढी काम लिने, समयमा पूरा नगर्ने र अलपत्र...

एनआरएनए सदस्य संख्या ५ लाख पुर्याउने कुल आचार्यको घोषणा, एनआरएन नागरिकता कार्यान्वयन सर्वोच्च प्राथमिकतामा

एनआरएनए सदस्य संख्या ५ लाख पुर्याउने कुल...

वि.सं.२०७८ भदौ २६ शनिवार १६:०२

  काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्षका उम्मेदवार...

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट (पूर्ण पाठ सहित)

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको...

वि.सं.२०७८ भदौ २६ शनिवार १०:३५

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३...