CG Electronics
IME Life
NIMB

नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच भएको सम्झौता विवादको घेरामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । २०७४ भाद्र २९ गते नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच भएको सम्झौता विवादको घेरामा परेको छ । सम्झौता हुँदा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो भने सम्झौतामा सही गर्ने हालका न्याय तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री रहेको हुनाले उनैले नेपाल सरकारको तर्फबाट सम्झौतामा सही गरेका थिए । आफैँ प्रधानमन्त्री रहेका बेला सम्झौता भएकाले गर्दा अहिले फेरी आफैँ प्रधानमन्त्री रहेकाले प्रधानमन्त्री देउवा उक्त सम्झौतालाई जसरी भएपनि संसदबाट पारित गराउन चाहिरहेका छन् । सम्झौता गर्दा नै सरकारले गल्ती गरेको हुनाले अहिले समस्या देखिएको छ ।

 

नेपाल सरकारले एमसीसीलाई संसदबाट पारित गराउने उदेश्यका साथ अघि बढिरहेका बेला एमसीसीको जनस्तरबाटै व्यापक विरोध भएको छ भने सत्ता गठबन्धनमा नै रहेका दलका भातृ संगठनहरु समेत एमसीसीको विरोधमा सडकमा उत्रिएका हुनाले गठबन्धनभित्रै पनि त्यस विषयमा असन्तुष्टि देखिएको छ । सम्झौता गर्दा ध्यान दिन तत्कालिन देउवा सरकार असफल सावित भएको र हाल देउवा नै प्रधानमन्त्री रहेका बेला अहिले एमसीसीसँग केही प्रश्न सोध्नुले प्रष्ट पारेको छ । सरकारले एमसीसीलाई सोधेका प्रश्नको उत्तर नेपालमा रहेको अमेरिकी राजदुतावास मार्फत अमेरिकी सरकारले सरकारलाई पठाएको छ । एमसीसीले पठाएको उत्तर गोलमटोलको भाषा प्रयोग गरिएको छ भने पहिाल नै सम्झौता गरिएको हुनाले अहिले उक्त सम्झौतामा परिमार्जन गर्न नसकिने उत्तर दिएको हुनाले परिमार्जन हुन सक्ने अवस्था देखिँदैन ।

देउवा सरकारले एमसीसीको मुख्य कार्यालयलाई सोधेका केही प्रश्नहरु पनि विवादको घेरामा पारेका छन् । सरकारले सोध्यो एमसीसी नेपालको संविधानभन्दा माथि छ भनेर । इन्डोप्यासिफिकको नेपाल सदस्य हो कि होइन भनेर सरकारले प्रश्न सोध्नु नै गलत थियो । त्यसैगरी अनेक प्रश्नले नेपाली जनतामा अनेक शंका, उपशंका उब्जाएको छ । एमसीसी मार्फत आउने अनुदान रकम कुनैपनि सैन्य रणनीतिसँग जोडिएको छ कि छैन भनेर सरकारले प्रश्न सोध्नु कति उचित थियो रु सम्झौतामा सही गर्दा २०७४ मा किन ध्यान दिन सकिएन र अहिले त्यो विषय विवादमा परेपछि त्यसलाई जबरजस्ती संसदबाट पारित गराउन खोज्नु देउवा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलहरुको अकर्मण्यता र असफलता नै हो ।

एमसीसीबारे स्पष्ट हुने नाममा देउवा सरकारले नेपालको सार्वभौमसत्ता, संविधान र स्वतन्त्रताका विषयमा अमेरिकासँग सोध्नु आपत्तिजनक रहेको छ । यस्ता अस्वाभाविक र आपत्तिजनक प्रश्नले देशलाई नै लज्जित बनाउने काम देउवा सरकारले गरेको छ । अर्थ मन्त्रालयले सोधेको प्रश्न नं। ८ मा नेपाल ९आईपीएसको इन्डोप्यासिफिक स्ट्राटेजी० को सदस्य भएको छ । अहिले नेपालमा एमसीसी सम्झौता आइपीएस अन्र्तत हो कि होइन भनेर बहस चलिरहेको छ । प्रश्न नं। ८ मा सोधिएको छ के नेपाल आईपीएसको सदस्य भएको छ वा हुन मिल्छ रु सरकारले कुन कुन मुलुकसँग कस्ता कस्ता सम्झौता गरेको छ थाहा सम्म नपाउने देउवा सरकारलाई कसरी जनताले विश्वास गर्ने रु देउवा सरकारले सोधेको प्रश्न नं। ११ को ‘६’ ड र ‘ण’ बुँदामा सम्झौताले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अस्तित्व र सम्प्रभुुसतामा कस्तो असर पार्दछ भन्ने सोधिएको छ ।

अमेरिकी वर्तमान कानुन र भविष्यमा बन्ने नीतिको उल्लंघन भए सम्झौताको अन्त्य हुने प्रावधानले नेपालको आफ्नो अस्तित्व सार्वभौमिक अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रुभुतामाथि आँच आएको देखिँदैन रु प्रश्न नं। ११ बुँदामा भनिएको छ । यस्तो अनेक आपत्ति जनक प्रश्नहरु सरकारले सोधेको हुनाले देउवा सरकारले मुलुककै बेइज्जति र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र पञ्चशिलको आधारमा सञ्चालन भएको हाम्रो परराष्ट्र नीतिमा समेत आँच पु¥याएको छ । सम्झौता गर्ने बेलामा मुलुकको हित विपरित सम्झौता गर्ने तत्कालिन देउवा सरकार र तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीेले नौटंकी गरेर सम्झौता परिमार्जन गर्न अनुरोध गरेपनि सही भईसकेको हुनाले परिमार्जन नहुने उत्तर अमेरिकाले दिएको हुनाले देउवा सरकारले पहिला नै राष्ट्रघात गरेको प्रमाणित भएको छ ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...