nic bank
himalayan everesat
Nmb bank

२ खर्ब विदेशी लगानी ५२ देशबाट नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) भित्रिने क्रम वर्षेनी बढ्दै गएको छ । सरकारले विदेशी लगानी भित्र्याउन कानुनी रुपमा सहजता बनाएपछि लगानी आउने क्रम बढेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ अनुसार आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा वैदेशिक लगानी ८.५ प्रतिशतले वृद्धि भएको छ । सो आवमा १९.५ अर्ब विदेशी लागानी भित्रिएको छ ।

प्रतिवेदन अनुसार हालसम्म कुल १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांकले देखाएको छ । यो रकम ५२ वटा देशबाट भित्रिएको हो ।

आधा बढी लगानी औद्योगिक क्षेत्रमा

नेपाल भित्रिएको वैदेशिक लगानीमध्ये आधाभन्दा बढी औद्योगिक क्षेत्रमा लगानी भएको छ । कुल १ खर्ब ९८ अर्ब लगानीमध्ये ५६ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब रुपैयाँ औद्योगिक क्षेत्रमा लगानी भएको हो । औद्योगिक क्षेत्रमध्ये २८.३ प्रतिशत उत्पादनमूलक र २७.५ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा आएको छ ।

यस्तै, विदेशी लगानीको ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । कुल वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ ।

कुन देशबाट कति लगानी आयो ?

नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट आएको छ । भारतबाट हालसम्म ६२ अर्ब ४४ करोड रुपैयाँ लगानी भित्रिएको सर्भेक्षणले देखाएको छ । यो कुल हिस्साको ३१.५ प्रतिशत हो । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बीमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ ।

यस्तै, दोस्रो धेरै लगानी गर्नेमा चीन रहेको छ । चीनले नेपालमा हालसम्म ३० अर्ब ९७ करोड लगानी रहेको छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०।३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

यस्तै, ट्याक्स हेभन मानिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो ।

यसैगरी, आयरल्यान्डबाट १२ अर्ब ९२ करोड,सिंगापुरबाट १२ अर्ब ४३ करोड, अष्ट्रेलियाबााट १० अर्ब ८२ करोड लगानी रहेको छ । संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाबाट ७र७ अर्ब प्रत्यक्ष विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकाबाट ६ अर्ब र बंगलादेशको ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी रहेको छ ।

प्रतिवेदन अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५४.४, रिजर्भ ३३.८ र कर्जाको अंश ११.८ प्रतिशत छ ।

वाग्मती प्रदेशमा मात्रै ६० प्रतिशत लगानी

कुल विदेशी लगानीको झण्डै दुईतिहाई लगानी वाग्मती प्रदेशमा मात्र रहेको छ । आर्थिक वर्ष २०७६.७७ सम्मको कुल विदेशी लगानीमध्ये वाग्मतीमा मात्रै १ खर्ब २० अर्ब १७ करोड रुपैयाँ लगानी छ । यो कुल लगानीमा रहेको कुल विदेशी लगानीको ६०.५ प्रतिशत हो ।

वाग्मतीपछि धेरै विदेशी लगानी गण्डकी प्रदेशमा छ । उक्त प्रदेशमा कुल लगानीको १५.३ प्रतिशत हिस्सा छ । यस्तै, प्रदेश १ मा १२.९, प्रदेश २ मा ९.४ र लुम्बिनी प्रदेशमा १.४ प्रतिशत विदेशी लगानी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम क्रमशः ०.५ र ०.१ प्रतिशत मात्र विदेशी लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...