IME Life
NIMB

२ खर्ब विदेशी लगानी ५२ देशबाट नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

NIMB
Himalayan Bank

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) भित्रिने क्रम वर्षेनी बढ्दै गएको छ । सरकारले विदेशी लगानी भित्र्याउन कानुनी रुपमा सहजता बनाएपछि लगानी आउने क्रम बढेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ अनुसार आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा वैदेशिक लगानी ८.५ प्रतिशतले वृद्धि भएको छ । सो आवमा १९.५ अर्ब विदेशी लागानी भित्रिएको छ ।

प्रतिवेदन अनुसार हालसम्म कुल १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांकले देखाएको छ । यो रकम ५२ वटा देशबाट भित्रिएको हो ।

आधा बढी लगानी औद्योगिक क्षेत्रमा

नेपाल भित्रिएको वैदेशिक लगानीमध्ये आधाभन्दा बढी औद्योगिक क्षेत्रमा लगानी भएको छ । कुल १ खर्ब ९८ अर्ब लगानीमध्ये ५६ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब रुपैयाँ औद्योगिक क्षेत्रमा लगानी भएको हो । औद्योगिक क्षेत्रमध्ये २८.३ प्रतिशत उत्पादनमूलक र २७.५ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा आएको छ ।

यस्तै, विदेशी लगानीको ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । कुल वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ ।

कुन देशबाट कति लगानी आयो ?

नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट आएको छ । भारतबाट हालसम्म ६२ अर्ब ४४ करोड रुपैयाँ लगानी भित्रिएको सर्भेक्षणले देखाएको छ । यो कुल हिस्साको ३१.५ प्रतिशत हो । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बीमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ ।

यस्तै, दोस्रो धेरै लगानी गर्नेमा चीन रहेको छ । चीनले नेपालमा हालसम्म ३० अर्ब ९७ करोड लगानी रहेको छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०।३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

यस्तै, ट्याक्स हेभन मानिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो ।

यसैगरी, आयरल्यान्डबाट १२ अर्ब ९२ करोड,सिंगापुरबाट १२ अर्ब ४३ करोड, अष्ट्रेलियाबााट १० अर्ब ८२ करोड लगानी रहेको छ । संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाबाट ७र७ अर्ब प्रत्यक्ष विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकाबाट ६ अर्ब र बंगलादेशको ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी रहेको छ ।

प्रतिवेदन अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५४.४, रिजर्भ ३३.८ र कर्जाको अंश ११.८ प्रतिशत छ ।

वाग्मती प्रदेशमा मात्रै ६० प्रतिशत लगानी

कुल विदेशी लगानीको झण्डै दुईतिहाई लगानी वाग्मती प्रदेशमा मात्र रहेको छ । आर्थिक वर्ष २०७६.७७ सम्मको कुल विदेशी लगानीमध्ये वाग्मतीमा मात्रै १ खर्ब २० अर्ब १७ करोड रुपैयाँ लगानी छ । यो कुल लगानीमा रहेको कुल विदेशी लगानीको ६०.५ प्रतिशत हो ।

वाग्मतीपछि धेरै विदेशी लगानी गण्डकी प्रदेशमा छ । उक्त प्रदेशमा कुल लगानीको १५.३ प्रतिशत हिस्सा छ । यस्तै, प्रदेश १ मा १२.९, प्रदेश २ मा ९.४ र लुम्बिनी प्रदेशमा १.४ प्रतिशत विदेशी लगानी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम क्रमशः ०.५ र ०.१ प्रतिशत मात्र विदेशी लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...