CG Electronics
IME Life
NIMB

सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो जाँदा नेप्से तेहेरो अंकले घट्यो, थला परेका यी हुन् यी २४ कम्पनी

NIMB
Himalayan Bank

सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो ।

बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको हो । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै, यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।

सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर सेयर बेच्दा कारोबार रकममा बढोत्तरी आएको छ । आज करिब साढे ८ अर्बको सेयर किनबेच भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ११४।०२ अंकले घटेर २६।९८।२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बढीको १ करोड ७३ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८।५६ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ६।८, विकास बैंक ६।३४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको साढे २२ करोड र नबिल बैंक १८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, हिमालयन ऊर्जा, घलेम्दी र युनाइटेड मोदीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

यसैगरी, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर, श्री इन्भेष्टमेन्ट, रिलायन्स, नेपाल, बेस्ट, सेन्टर फाइनान्स, आँखुखोला, ग्रीन लाइफ, पाँचथर पावर, खानीखोला हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...