Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सेयर बजारमा गएको पहिरो अब बिस्तारै रोकिने यी र यस्ता छन् कारण, किन निरन्तर बजार घट्यो ?

हालसम्मकै उच्च ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक केही हप्ताको अन्तरालमै २७५० हाराहारी आइपुगेको छ । छोटो समयको यो तीव्र घटाइलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

कतिपय लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाका गरेको कडाइको परिणाम भन्न थालेका छन् । राष्ट्र बैंकले कुनै व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट समेत गरी कुल १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । हाल सोही व्यवस्थाका कारण बजार घटेको लगानीकर्ताहरूको विश्लेषण गर्ने गरेका छन् ।

अर्काथरी लगानीकर्ता भने बजार बढ्नु र घट्नु सामान्य भएको बताइरहेका छन् । १२०० हाराहारीबाट बढेर ३२०० पुगेको बजारमा ४÷५ सय अंकको करेक्सन आउनु सामान्य भएको उनीहरूको बुझाइ छ ।

केहीले पछिल्लो समय बढ्दै गएको ब्याजदरका कारण सेयर बजार घट्न थालेको बताउन थालेका छन् । पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपमा १० प्रतिशत भन्दा बढी ब्याजदर दिन थालेका छन्, बजारमा भएको तरलता अभावका कारण । सामान्यत ब्याजदर र सेयर बजार बीच नकारात्मक सम्बन्ध हुन्छ ।

तर, नेपालको सेयर बजारमा ब्याजदर र नेप्से परिसूचक बीच खासै सम्बन्ध नहुने सेयर विश्लेषक एवं पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । ‘सेयर बजार र बैंकको ब्याजदर घट/बढ बीच खासमा केही पनि सम्बन्ध छैन । हामीकहाँ ऋण लिएर सेयरमा लगानी गर्र्ने भनेका जम्मा ८ हजार लगानीकर्ता मात्र छन् । अब ब्याजको कारणले नै स्टक मार्केट तलमाथि जान्छ भन्ने छैन । पहिले कम लगानीकर्ता थिए । त्यसमा धेरैले ब्याज लिएका हुन्थे । उनीहरूको ब्याजदर तलमाथि हुँदा असर पथ्र्यो,’ उनले भने ।

अहिले नेपालमा ४२ लाख डिम्याट अकाउन्ट भएको र ८/९ लाख मान्छे कारोबारमा सक्रिय रहेको उनको भनाइ छ । ‘अहिले पनि कर्जा नपाएको अवस्था होइन । फिक्स डिपोजिट,क्रेडिट कार्डमा पनि कर्जा बढी राखेकै छ । ब्याजदर बढ्यो अब सेयरमार्केट घट्छ भन्ने एउटा नेपालमा बुझाइ छ । ४२ लाख डिम्याट खाता छ । ३२ लाखको मेरो सेयर खाता छ भने ८ लाख सक्रिय कारोबार गर्छन् । अब ८ हजारजनाले गर्दा बजार घट्यो भन्नु त्यति उपयुक्त हुँदैन,’ उनी बताउँछन् ।

अहिले वित्त बजारमा देखिएको तरलता अभावले पनि कतिपय लगानीकर्तालाई अत्याएको छ । मानिसहरूले यो तरलता अभाव कहिलेसम्म जाने हो त्यसको भेउ पाउन सकेका छैनन् । तर बैंकरहरूदेखि विश्लेषकहरू भने अहिलेको तरलता अभाव लामो समय नजाने बताउँछन् । अहिलेको तरलता अभाव सामान्य भएको उनीहरूको बुझाइ छ ।

‘दशैंको समयमा मानिसको आवतजावत हुने, खर्चको माग पनि बढ्ने हुँदा धेरै कर्जाको माग हुन्छ जसकाकारण यो समयमा सधैं नै तरलताको दबाब हुन्छ । यो समयमा बैंकमा धेरै नयाँ नोटहरू साटिने हुँदा पूरै रकम १०/१५ दिन होल्ड भएर बस्छ, जुन तिहार पछाडि आउन थाल्छ । यो सामान्य प्रकृया हो, अहिलेको समयमा सधैं यस्तै भइ नै रहन्छ,’ एक बैंकरले भने ।

बैंकहरूले विभिन्न कम्पनीको सेयरमा मात्रै करिब २ सय अर्ब लगानी रहेको छ । त्यो लगाानी पहिले सजिलै क्यास हुने पैसा थियो । अब त्यो सेयर कर्जा विक्री गर्न नपाउने भएपछि २ सय अर्ब त्यहाँ ब्लक भयो र त्यसका कारण पनि तरलतामा केही चाप देखिएको विश्लेषकहरूको धारणा छ ।

राष्ट्र बैंकले जहिल्यै नीति ल्याउँदा त्यसको बहुपक्षीय असर कस्तो पर्छ भनेर हेक्का राख्ने नगरेको सेयर लगानीकर्ताहरूको गुनासो छ । ‘नीतिगत व्यवस्था नै गलत भयो । एउटा सोच गरेर नीति बनाइयो तर अर्कोमा त्यसको असर के पर्छ भन्ने सोच राखिएन । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा गर्दाखेरी भविष्यलाई अनुमान गरेर वर्तमान स्थिति केलाउनु पर्छ । वित्तीय स्थायित्व भनेको ठूूलो कुरा हो । यसपाली बैंकको ब्याजदर अचानक बढ्ने सम्भावना थियो । तर, त्यसलाइ व्यवस्थापन गर्न सकिन्थ्यो,’ सेयर लगानीकर्ता नरेश पोखरेल बताउँछन् ।

‘मार्केट अब यो लेभलमा तलमाथि नै भइरहन्छ । धेरै तल जाने सम्भावना देखिँदैन । यो हप्तापछि सेयर बजारमा विक्रीकर्ता कम हाबी हुन थाल्छन् । । बजार अब धेरै घट्ने सम्भावना देखिँदैन,’ पोखरेलले भने ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...