सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ५ मंगलवार २१:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ ।
बैंकले आज सो शाखा संचालनमा ल्याएको हो । वीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।