CG Electronics
IME Life
NIMB

साहस ऊर्जाको खुल्यो आइपीओ, कति कित्ता भर्नु उपयुक्त ?

NIMB
Himalayan Bank

साहस ऊर्जा लिमिटेडले आज (१० बजे) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशित कुल सेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन २९ देखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयालाई ३५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ६४ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ६ हजार ४४ हजार जनालाई मात्र सेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...