nic bank
himalayan everesat
Nmb bank

साहस ऊर्जाको खुल्यो आइपीओ, कति कित्ता भर्नु उपयुक्त ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

साहस ऊर्जा लिमिटेडले आज (१० बजे) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशित कुल सेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन २९ देखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयालाई ३५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ६४ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ६ हजार ४४ हजार जनालाई मात्र सेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०३:१३

  लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो...

वि.सं.२०८१ वैशाख १२ बुधवार ०४:३५

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...