CG Electronics
IME Life
NIMB

नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका क्षेत्री को हुन् ?

NIMB
Himalayan Bank

राजकुमार क्षेत्री नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका छन्।

महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो।

क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भैसकेका व्यक्ति हुन्।

मन्त्रालयले निमित्त तोक्न सक्ने भएपनि महानिर्देशक भने मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ।

महानिर्देशकको लागि क्षेत्रीसँगै, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, भोला गुरागाई र प्रधिकरणमा ११ औँ तहमा रहेका प्रदिप अधिकारी दौडमा छन्।

क्षेत्रीको सेवा अवधि ३ महिना र गुरागाईको ४ महिना मात्रै बाँकी छ। त्यसपछि उनीहरुले पनि अनिवार्य अवकास पाउने छन्।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...