IME Life
NIMB

टंकप्रसाद प्रतिष्ठानले पायो नयाँ नेतृत्व,अध्यक्षमा प्याकुरेल, यस्तो बन्यो कार्यसमिति

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको राजनैतिक इतिहासमा अत्यन्तै लामो र गरिमामय इतिहास बोकेको नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको सम्झनामा स्थापित टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्नुका साथै भावी कार्ययोजना समेत तय गरेको संस्थाका सदस्य(सचिव गोविन्दप्रसाद दुलालले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमाल को अध्यक्षतामा भएको साधारण सभाद्वारा ११ सदस्सीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचन अधिकृत छानिनु भएका टंकप्रसाद आचार्यका जेष्ठ सुपुत्र अङ्गिरा आचार्य नयाँ कार्यसमितिलाई माला लगाइदिएर बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

निर्वाचन अधिकृत अंगिरा आचार्यको प्रतिवेदनअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा मानवअधिकारवादी सुशील प्याकुरेल उपाध्यक्ष पूर्वमन्त्री शान्ता मानवी महासचिवमा वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल कोषाध्यक्षमा राजनीतिक विश्लेषक रामजी प्रसाद उपाध्याय सदस्यहरुमा वीरभद्र आचार्य प्रा डा शोभा पोखरेल, पूर्व मन्त्री माननीय बैजनाथ चौधरी, पूर्वरथी नेत्रबहादुर थापा, नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य पूर्वसांसद सावित्री अधिकारी, समाजसेवी वासु दाहाल समाजसेवी यज्ञ थापा निर्वाचित भएका छन् ।

कार्यक्रमको समापनमा बोल्दै नवनिर्वाचित अध्यक्ष सुशील प्याकुरेल टंकप्रसाद आचार्य का नाममा गरिनुपर्ने केही महत्वपूर्ण कार्यहरु मध्ये उहाँको जन्म घरलाई संग्रहालय बनाउने र आचार्यको कोटेश्वरमा रहेको सालिकलाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने काम तत्काल गर्ने बताउँदै यो कार्यसमितिले केही महत्वपूर्ण कार्य गर्नुपर्ने र त्यसका लागि आफूलागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...