IME Life
NIMB

भाटभेटनीमा हस्तकला कोसेली मेला हुने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । महासंघले हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो ।

शुक्रबार महासंघमा आयोजित मेला सहभागीहरुको अभिमुखीकरण कार्यक्रममा मेला संयोजक बिक्रम सिंह महर्जनले उक्त जानकारी दिनुभयो । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने उहाँले बताउनुभयो । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहने बताइएको छ । मेलाको वैकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी टिव्वेट हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने लक्ष्य राखेको छ । सो अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले आन्तरिक बजार प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

 

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट नयाँ स्कुटर

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१२

काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी...