CG Electronics
IME Life
NIMB

चारैवटा सहकारी संस्थाले शनिबार संयुक्त भेला गर्दै एकीकृत भएको घोषणा

NIMB
Himalayan Bank

चार सहकारी मर्ज रुपन्देहीको तिलोत्तमामा चारैवटा सहकारी संस्थाले शनिबार संयुक्त भेला गर्दै एकीकृत भएको घोषणा गरेका हुन् ।

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्यान्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकृत भएका हुन् । एकीकरणपछिको नाम सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।

एकीकरणपछि सहकारीका शेयर सदस्य ९ हजार ६८८, शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार, बचत २ अर्व ३३ करोड ९१ लाख ४५ हजार ३८७ रुपैयाँ, जगेडा कोष १७ करोड ५७ लाख २६ हजार २७१ र अन्य कोष १३ करोड ९५ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ ।

एकीकरण घोषणासँगै एकीकृत कारोबार पनि सुरु भएको छ । एकीकरणपछि तीन महिनाभित्र साधारणसभा गर्ने गरी तदर्थ सञ्चालक समितिको निर्माण गरिएको छ । सञ्चालक समितिमा साविक सामूहिकमा रहेका १५ जनाका साथै मणिप्रभा, सूर्यकिरण र द्रव्यान्जलीबाट २–२ जना राखिएको छ ।

तदर्थ सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार बर्मा रहेका छन् भने उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, सचिवमा मिनप्रसाद पोखरेल, कोषाध्यक्षमा माया घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा कमला ज्ञवाली, गंगा खरेल, टेकराज भण्डारी, नेत्रलाल बन, विष्णुहरि पन्थी, भूमिलाल सापकोटा, भुवनेश्वर अर्याल, मिना भण्डारी, राजकुमार गिरी रेश्मीराज पाण्डे, हिरामाया थापा रहेका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...