CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित शाखामा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले आइतबार आयोजित एक समारोहबीच डिजिटल हबको उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा ग्राहक–मैत्री बनाउने उद्देश्यले डिजिटल हबसँगै कफी लाउञ्जको सुविधा पनि थप गरिएको हो। यसमार्फत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा अन्य विद्युतीय बैंकिङ सेवा लिन सक्नेछन्।

बैंकले यस प्रकारको कफी लाउञ्जसहितको डिजिटल बैंकिङ सेवा नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको दाबी गरेको छ।

युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्शसमेत उपलब्ध गराइने बैंकले जनाएको छ। यसले ग्राहकका लागि सिकाइ र डिजिटल बैंकिङ अनुभवको केन्द्रका रूपमा काम गर्ने अपेक्षा बैंकको छ।

बैंकले नेपाल राष्ट्र बैंकको नियामकीय स्यान्डबक्स (Regulatory Sandbox) अवधारणाअनुसार वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आगामी दिनमा नयाँ प्रविधिमैत्री वित्तीय सेवा ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता पनि जनाएको छ।

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...