hastakal ad lamo
janaganan ad lamu
ime long ad

जोङसेन ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा, मूल्य कति ?

Machhapuchchhre Bank ad

kumari long ad

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो ।

आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।

जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।

यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।

जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।

१८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।

दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।

जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।

नेपाली बजारमा बिक्री पछिको सेवाका लागि समेत प्रतिबद्ध भएको रिजोन मोटर्सले जनाएको छ । आगामी दिनमा अन्य विभिन्न मोडल र इलेक्ट्रिक सेगमेन्ट समेत नेपाली बजारमा भित्र्याउने रिजोन मोटर्सले बताएको छ ।

मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ । त्यसैगरी नेपालमै पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।

जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा तिहार अगाडि नै खुल्ने बताइएको छ । तिहार पछि विर्तामोड, धरान, दमक र पोखरा लगायतका देशका विभिन्न स्थानमा समेत सोरुम खुल्ने छ ।

janaganan ad lamu
century bank long ad

सिभिल बैंकले आाफ्नो ११ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

सिभिल बैंकले आाफ्नो ११ औं वार्षिकोत्सव विविध...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०७:४०

काठमाडौं । सिभिल बैंक लिमिटेडले आाफ्नो ११ औं वार्षिकोत्सव विविध...

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५७

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति...

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५१

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ...

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:३७

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक...

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:१७

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित...

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:५३

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत...