CG Electronics
IME Life
NIMB

लाभांश घोषणा गर्ने ९ वटा हाइड्रोपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने ९ वटा हाइड्रोपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने थोरैमा ४ वटा हाइड्रोपावरले बराबरी १०.५२६ प्रतिशत वितरण गर्ने घोषणा गरेका छन् ।

१. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबारदेखि बुकक्लोज गरेको थियो । त्यसैले भदौ १७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएको कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १५ गते बुकक्लोज गरेको थियो । त्यसैले भदौ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश कार्तिक १२ गते सम्पन्न भएको कम्पनीको बीसौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक २ गते, मंगलबार बुकक्लोज गरेको थियो। त्यसैले, कार्तिक १ गते, सोमबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश कार्तिक १७ गते, बुधबार सम्पन्न भएको कम्पनीको अठारौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ३ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबारदेखि बुकक्लोज गरेको थियो । त्यसैले भदौ १७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले असोज ६ गते, बुधबारसम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १स्०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ । उक्त प्रस्तावित लाभांश असोज २४ गते, आइतबार सम्पन्न भएको कम्पनीको चौबिसौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको थियो । उक्त प्रस्तावित लाभांश भदौ १८ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँमा सम्पन्न भएको कम्पनीको दशौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...