CG Electronics
IME Life
NIMB

१८ औं हस्तकला व्यापार मेलाको तयारी पूरा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामाको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहने बताइएको छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभएको छ । शाक्यका अनुसार अधिकांस स्टल बुकिङ भइसकेको उहाँले बताउनुभयो ।

मेलाका म्ख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको मेला संयोजक शाक्यले जानकारी दिनुभयो ।

शाक्यका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ, भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ ।

मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ –नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

नेपालको मौलिक कलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौलिक कलाकृति अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ ।

सोही उद्देश्यअनुरुप २०४८ देखि आफनो बार्षिक क्यालेण्डरका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजना मेला आयोजना गर्दै आएको छ । मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, सिएनआई, नेपाल पर्यटन वोर्ड, ललितपुर महानगरपालिका, काठमाडौ. महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत संघ÷संस्थहरुको सहयोग रहेको छ ।
मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने मात्र नभई स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एउटै स्थानमा भेला गराउने, नवोेदित उद्यमी व्यवसायीलाई बजार पहँुचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, हस्तकला प्रतियोगिताका संयोजक तथा उपाध्यक्ष राजमान बज्राचार्य, प्रवक्ता सनम शाक्य, राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानाङ्ग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह र नबिल बैंकका प्रतिनिधि निरज बस्नेत डानियल लगायतले मेलाको आवश्यकता र महत्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...